कपिलले मागे माफी, ग्रोभर भन्छन्,‘आफूलाई भगवान नसम्झ’



चैत्र ८, २०७३- शनिबार अष्ट्रेलियाबाट फर्किने क्रममा बिमानमा आफ्ना सहकर्मी हातपात गरेका भारतीय कमेडियन कपिल शर्माले ट्वीटरमार्फत माफी मागेका छन् । रक्सीले मातिएका कपिलले सहकर्मी सुनिल ग्रोभरमाथि हातपात गरेका थिए । ग्रोभर कमेडी नाइट्स वीथ कपिल शोमा डा. गुलाटीको नाममा अभिनय गर्थे ।

सोमबार ग्रोभर सुटिङमा नआएको पुष्टि गर्दै कपिलले उनलाई मिस गरेको भन्दै ट्वीट गरेका छन् । र, माफी मागेका छन् । तर, ग्रोभरले भने कपिललाई माफी दिएको देखिदैनन् ।


बरु, ग्रोभरले कपिलको नाममा लामो नोटसहितको ट्वीट गर्दै मानिसको इज्जत गर्न अनुरोध गरेका छन् । नोटमा ग्रोभरले आफू चर्चित भए भन्दैमा घमण्ड नदेखाउन र आफूलाई भगवान नसम्झन आग्रह गरेका छन् ।



‘जनावरलाई मात्रै होइन, मानिसलाई पनि इज्जत गर्न सिक’, ग्रोभरले लेखेका छन्,‘सबै मानिस तिमीजति क्षमता हुन्नन् त्यसैले तिम्रो महत्व बढेको हो ।’

http://bit.ly/2n9mHVn

0 Response to "कपिलले मागे माफी, ग्रोभर भन्छन्,‘आफूलाई भगवान नसम्झ’ "

Post a Comment

Popular Posts

Labels

Popular Posts