‘डाक्टर मशहुर गुलाटी कमेडी क्लिनिक’ मा सुनिल ग्रोभर



पछिल्लो समय कमेडी किङ भनेर चिनिने कपिल शर्मासँगको विवादपछि ‘द कपिल शर्मा सो’ को छायांकनमा नआएका डाक्टर मसुर गुलाटी अर्थात् सुनिल ग्रोभर आगामी अप्रिलमा त्यही भूमिकामा नयाँ दिल्लीमा देखिने भएका छन्।

सुनिलले आइतबार फेसबुकमा अप्रिल १ मा दिल्लीमा हुने ‘डाक्टर मसुर गुलाटी कमेडी क्लिनिक’ को पोस्टर सार्वजनिक गरेका छन्। सुनिलका साथमा सोका अर्का कलाकार किकु शारदा पनि प्रस्तुतिमा हुनेछन्। अष्ट्रेलियाबाट फर्कने बेलामा जहाजमा कपिलले आफूलाई दुव्र्यवहार गरेको भन्दै कपिल शर्मा सोका कलाकारले सो छोड्ने बताएका थिए।

तर द कपिल शर्मा सोकै पात्रलाई लिएर सुनिलले प्रस्तुति दिने भएपछि उनीहरुको विवादमा नयाँ कुरा थपिएको छ। किनकि यदि सुनिलले कपिल शर्मा सो छोडेका हुन् भने त्यही कार्यक्रमको पात्रलाई लिएर उनले बाहिर कार्यक्रम गर्न पाउँदैनन्। यसअघि कलर्स टिभीमा आउने कमेडी नाइट विथ कपिलमा गुथ्थी बनेका सुनिलले काम छोडेपछि गुथ्थीको बनेर कहिँ पनि अभिनय गरेका थिएनन्।

किकु शारदा भने अहिले पनि कपिलको पक्षमा छन् र उनी सुटिङमा पनि उपस्थित भइरहेका छन्। कपिलसँग झगडा गरेका सुनिल र उनीसँग काम गरिरहेका शारदा एकै मञ्चमा आउने भएकाले पनि धेरैलाई कपिल र सुनिलको विवादले कुन मोड लिदैँछ भनेर आश्चार्यमा पारेको छ। सुनिलसँगको विवादपछि कपिल शर्मा सोका अन्य कलाकार चन्दन प्रभाकर, अलि असगरले पनि सोबाट बाहिरिने निर्णय गरेका छन्। गत बुधबारको सोको सुटिङमा ती कलाकार नआएको र कुनै पाहुना पनि सोमा आउन नचाहेकाले कपिल एक्लिएको भारतीय मिडियाले जनाएका थिए।

0 Response to "‘डाक्टर मशहुर गुलाटी कमेडी क्लिनिक’ मा सुनिल ग्रोभर"

Post a Comment

Popular Posts

Labels

Popular Posts