सेनाको हात लाग्यो यस्तो ‘खतरनाक’ सुचना: सूचना पाए लगत्तै प्रधानसेनापति सहित नै मधेस पस्यो नेपाली सेना, सिमा सुरक्षा र दशगजाको कडा निगरानी राख्दै! - See more at: http://www.zoomnp.com/68999/#sthash.pU52KHCo.si9rdp5m.dpuf



काठमाडौं, १४ चैत । गत फागुन १० गते जंगीअड्डामा बसेको पृतनापति बैठकमा राजनीतिक अस्थिरता र केही बिखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको एक महिनापछि नेपाली सेनालेसम्बन्धित क्षत्रमै पुगेर सुक्ष्म अध्ययन थालेको छ । - निर्वाचन घोषणा भएपछि प्रदेश नं. २ मा सुरक्षा चुनौती थपिएको विश्लेषण भइरहेको बेला प्रधानसेनापति राजेन्द्र क्षत्री प्रदेश भ्रमणमा निस्किएका थिए । तरुण साप्ताहिकले समाचार छापेको छ ।

दुई साताअघि धनुषा पुगेका उनले त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी मात्रै लिएनन्, सीमा सुरक्षा स्तम्भको अवस्था र दसगजामा हुने गतिविधिबारे विस्तृत जानकारी लिएका थिए ।



धनुषास्थित नेपाली सेनाको गोरखनाथ गणको वार्षिकोत्सव अवलोकन गरी त्यहाँको सुरक्षा स्थिति र सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिएका क्षत्रीले सप्तरी र सर्लाहीको भ्रमण गरेका थिए । त्यहाँबाट महोत्तरीसम्म समेत पुगेका थिए ।

सुरक्षा स्रोतका अनुसार, सेनापतिको भ्रमण प्रदेशको अवस्था बुझ्ने, पृथकतावादी क्रियाकलापको सूक्ष्म अध्ययन गर्न सम्बन्धित गणहरूलाई निर्देशन दिनेलगायतका कार्यक्रममा केन्द्रित थियो ।-

0 Response to "सेनाको हात लाग्यो यस्तो ‘खतरनाक’ सुचना: सूचना पाए लगत्तै प्रधानसेनापति सहित नै मधेस पस्यो नेपाली सेना, सिमा सुरक्षा र दशगजाको कडा निगरानी राख्दै! - See more at: http://www.zoomnp.com/68999/#sthash.pU52KHCo.si9rdp5m.dpuf"

Post a Comment

Popular Posts

Labels

Popular Posts