यौनबारे बलिउड सेलेब्रिटी

काठमाडौँ । सेलेब्रिटी ट्विंकल खन्ना बलिउड अभिनेता अक्षयकुमारकी पत्नी हुन् । ‘मेनस्ट्रिमका मिडिया’मा मात्रै होइन, ‘सोसल साइट’मा पनि आफूलाई लागेका कुरा पोखिहाल्ने ट्विंकलले यौनजीवनबारे बोल्न पनि कन्जुस्याइँ गरिनन् । उनले भनेकी छिन्, ‘सेक्स हरेक उमेरमा आवश्यक हुन्छ । अक्षयको जुन कुराले मलाई आकर्षित गथ्र्यो, त्यो समयसँगै बदलिएको छ ।’ हालै एउटा टेलिभिजन अन्तर्वार्तामा उनले खुलेर ‘सेक्स स्टेटमेन्ट’ दिएकी हुन् । अक्षय र ट्विंकल १६ वर्षदेखि श्रीमान्–श्रीमतीको सम्बन्धमा छन् ।अभिनेता साहिद कपुरले पनि यौनबारे खुलेर कुरा गरेका छन् । हालसालैको एक साक्षात्कारमा उनी यतिसम्म खुले कि ‘सेक्सका लागि अभिनयसम्म छाडिदिन सक्छु,’ भने । दिल्लीकी मीरा राजपुतसँग साहिदले विवाह गरेको धेरै भएको छैन ।

सिंगल लाइफ बिताइरहेकी नरगिस फाखरीले पनि सम्बन्धमा सेक्स निकै आवश्यक भएको बताएकी छिन् । सेक्सकै कमी हुन थालेपछि सम्बन्ध तोड्दा नै राम्रो हुने सुझाबसमेत दिएकी छिन् ।

बलिउडमा निकै चलेका हिरो रणवीर सिंहले सधैँ पर्समा कन्डम राख्ने खुलासा गरेका छन् । एक नारीको स्थानमा रहेर विद्या बालनले भनेकी छिन्, ‘हामीलाई पनि सेक्सको आवश्यकता पर्छ, जति एक पुरुषलाई हुन्छ ।’ तर, प्रियंका चोपडाले भने ‘बच्चा जन्माउनुभन्दा अन्य कारणले कुनै पनि पुरुषलाई आफ्नो जीवनमा प्रवेश हुन दिन्नँ,’ भनेकी छिन् ।

दीपिका पादुकोणले भने शारीरिक सम्बन्धलाई मात्रै सेक्स भन्न नमिल्ने तर्क गरेकी छिन् । उनले तर्क गरिन्– सेक्समा भावना पनि जोडिन आवश्यक छ । लामो समयदेखि वैवाहिक जीवन बिताइरहेका अभिनेता गोविन्दाले भने विवाहपछि पनि बाहिरी सम्बन्ध रहेको खुलाएका छन् । अर्जुन कपुरको दृष्टिकोणमा भने प्रेमभन्दा सेक्स आवश्यक छ ।

बलिउडका निकै चर्चित अभिनेता सलमान खान गर्लफ्रेन्ड बदलिरहने, तर बिहे गर्न मन नगर्ने सेलेब्रिटीको रूपमा चिनिन्छन् । तर, उनले अझै पनि आफूलाई ‘भर्जिन’ दाबी गर्न भने छाडेका छैनन् । ‘मैले आफ्नो भर्जिनिटी विवाह गर्ने महिलाका लागि जोगाएर राखेको छु,’ उनले भने । अभिनेत्री स्वरा भास्करले आफूलाई मन पर्ने मानिससँग सेक्स गर्दा निकै रोमाञ्चक हुने स्टेटमेन्ट दिँदा इमरान हासमीले भने विवाह भएपछि ‘वान नाइट स्ट्यान्ड’लाई मिस गर्ने बताएका छन् । सोनम कपुरले क्याजुअल सेक्समा विश्वास नगर्ने धारणा राख्दा आलिया भट्टले ‘द क्लासिक मिसिनरी’ सेक्स पोजिसन मनपर्ने बताइन् । नयाँ पत्रिकाबाट

0 Response to "यौनबारे बलिउड सेलेब्रिटी"

Post a Comment

Popular Posts

Labels

Popular Posts